आइतबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । आज (आइतबार ) बस्ने भनिएको संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामवावु प्रसाई (खनुपरुदे प्रकाहा)को निधनका कारण बैठक स्थगित गरिएको बताइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै असोज २५ गते (आइतबार) बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

स्थगित गरिएको बैठक अब बैठक कहिले बस्ने भन्ने निश्चित नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *