भक्तपुरका गेष्ट हाउसहरुमा प्रहरीको छापा, १३ जना पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरका तीनवटा गेष्ट हाउसमा छापा मारेर १३ जनालाई पक्राउ गरेको छ । गेष्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सुराक पाएका आधारमा सुनकोशी गेष्ट हाउस, सनसाईन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेर सञ्चालकसहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थिमिले जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सुनकोशी गेष्ट हाउसबाट सञ्चालक कमल गिरीसहित रमेश घजु र २० वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ भने सनासईन गेष्ट हाउसबाट सञ्चालक दिलध्वज खड्का सहित दुई महिला र दुईजना पुरुष अनि बालकुमारी गेष्ट हाउसबाट सञ्चालक नरेश बोगटीसहित चार महिला र अर्का एकजना पुरुषलाई पक्राउ गरिएको हो ।

ती गेष्ट हाउसमा महिलालाई राखेर असामाजिक क्रियाकलाप गर्दै आएका कारण उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत थिमिका डिएसपी ऋषिराम कँडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *