यस्तो छ आजको मौसम

काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पुर्वानुमान जारी गर्दै हाल बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेको र उक्त निम्न चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशातर्फ सर्दै गइरहेको जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आज प्रदेश १ मा सामान्यतया बदली रहने तथा बाँकी भू-भागमा आन्शिक बदली रहने र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।

साथै आज राती देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ र देशको पहाडी भू-भागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *