५ मिनेटको अन्तरालमा भेरी अस्पतालमा दुइ कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत रहेका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा  नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिला रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनीहरुको गए राती उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् । ८४ वर्षीय पुरुषको अस्पतालको कोरोना आइसोलेसन वार्डमा शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो भने त्यसको पाँच मिनेटको अन्तरमा १० बजे ७१ वर्षीय महिलाको मृत्यु भएको उनले बताए ।

यससँगै बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या २६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *