पानी पिउन गएका युवक दुधकोशीमा वेपत्ता

काठमाण्डौ । दुधकोशी खोलाले बगाएर कमेरो माटो खन्न गएका एकजना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा  थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शनिबार बिहान श्रीमतीसँगै घर लिप्ने कमेरो माटो खन्न गएका घिमिरे माटो खनीसकेर पानी पिउन मन लागेको भन्दै श्रीमतीलाई ज्याकेट र मोबाइल दिएर दुधकोशीमा गएका थिए । सोहि समय उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए ।

पानी पिएपछि पौडनका लागी नदीमा पसेका उनलाई नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । हाल उनको खोजी कार्य चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *