भरतपुर अस्पतालमा उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु

काठमाण्डौ । भरतपुर अस्पतालमा उपचारका क्रममा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृतक पुरुषलाई ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या देखिएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो भने सोही दिन उनलाई कोरोना पुष्टि भएको थियो । कोभिड सघन उपचार कक्षमा हिजो साँझ उपचारको क्रममा उनको मृत्यु भएको पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *