प्लास्टिक बोतल भिलेज, जहाँ सिंगो गाउँ प्लास्टिकले बनेको छ

काठमाण्डौ । पनामा नामक देशमा  एउटा यस्तो गाउँ छ जहाँ केवल प्लाष्टिकको बोतलद्वारा बनेको घर मात्र निर्माण गरिन्छ । यस गाउँको कुनै एउटा मात्र घर नभइ हरेक घर अर्थात् सिंगो गाउँ नै प्लास्टिकको बोतलले निर्माण भएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

पर्यावरणिय दृष्टिकोणले हेर्दा वातावरणलाई हानी गर्ने भनिएको तत्व प्लास्टिकलाई यताउता मिल्काएर वातावरण प्रदुषित पार्नुभन्दा यसको उचित सदुपयोग गर्नु ठिक रहेको भन्दै यो कार्य सुरु गरिएको बताइएको छ । यसर्थ यस गाउँको नाम नै प्लास्टिक बोतल भिलेज राखिएको छ ।

एउटा घर निर्माण गर्नका लागी करिव १४ हजार बोतलको आवश्यकता पर्दछ भने यस गाउँमा कुल १ सय २० प्लास्टिकका घर निर्माण गर्ने योजना रहेको बताइएको छ । यस्ती मात्र नभई यहाँ सामुदायिक केन्द्रहरु समेत प्लास्टिकले बनाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *