उपत्यकाको टोखामा सङ्क्रमित संख्या १३०० नाघ्यो

काठमाण्डौ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक हजार ३ सय १ पुगेको छ ।  संक्रमित मध्य ७ सय ३६ पुरुष र ५ सय ६५ महिला रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । कुल सङ्क्रमितमध्ये ८ सय ७ जना निको भएर घर फर्किसकेका छन् भने अझै पनि ४ सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्य ४ सय ११ जना होम आइसोलेशनमा र  ५६ जना उपत्यकाका विभिन्न अस्पतालमा रहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताएका छन् । संक्रमितमध्य २२ जना भने अहिलेसम्म सम्पर्कविहीन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *