शनिबार काठमाडौं उपत्यकाका यी १५ स्थानमा बिजुली कटौती

काठमाडौं । आज (शनिबार) काठमाडौं उपत्यकाका ३ जिल्लाका विभिन्न क्षेत्रमा विद्युत कटौती गरिने जानकारी नेपाल विद्युत प्राधिकरणले दिएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

विद्युत लाइन सुधार, सडकमा परहेको लाइन स्थानान्तरण तथा विद्युत लाइनसँग जोडिएका रुखका हाँगा कटान लगायतका कार्य गर्नका लागी यी स्थानमा विद्धुत कटौती गर्न लागिएको हो ।

काठमाडौंको जोरपाटी वितरण केन्द्र अन्तर्गत मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास, आलपोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नाग्लेभिर र जहरसिंहपौवा लगायत १५ ठाउँमा बिहान १० बजेदेखि विद्युत कटौती गरिने प्राधिकरणले जानकारी दिएको छ । बिहान १० बजे काटिएको विद्युत अपराह्न ४ बजेपछि मात्रै सुचारु हुने प्राधिकरणले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *