आईपीएल : सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स शीर्ष स्थानमा

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यूएईको सारजहामा गए राति भएको खेलमा राजस्थान रोयल्सविरुद्धको खेलमा जित हाँसिल गर्दै  दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो भने दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र गर्न सफल रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *