कोरोनाका कारण १५ वर्षीय किशोरको मृत्यु

काठमाण्डौ । कोरोना संक्रमणका कारण दाङका एकजना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका वडा नंं. ३ निवासी १५ वर्षीय किशोर रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उपचारका लागी कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएका ती किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको हो । मृतकमा निमोनियासमेत देखिएको थियो ।

उनको स्वाथ्य अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दासमेत अवस्थामा सुधार आउन नसकेको र गए राती मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *