१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ

काठमाडौं । भक्तपुरमा एकजना १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मेछापको दोरम्बा गाउँपालिका–७ थापागाउँका २१ वर्षीय पासाङ तामाङ रहेका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मध्यपुर थिमि नगरपालिका–८ बोडेकी १३ वर्षीया बालिकालाई तामाङले आफ्नो चारदोबाटोस्थित डेरामा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी ऋषिराम कँडेलले बताएका छन् ।

असोज १८ गते अघि नै ती बालिका हराएपछि उनको अभिभावकले प्रहरीलाई खबर गरेका थिए । जबर्जस्ती करणी मुद्धामा तामाङ्लाई अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । आरोपीलाई वृत्त थिमि र महानगरीय अपराध महाशाखाको टोलीले असोज १९ गते पक्राउ गरि शुक्रवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *