कांग्रेस पूर्वकोषाध्यक्ष प्रसाईंको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाण्डौ । नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को आज निधन भएको छ । विक्रम संवत् १९७८ सालमा ताप्लेजुङ जिल्लाको हाङपाङमा जन्मिएका प्रसाईको ९९ वर्षको उमेरमा आज मध्यान्ह्र १२ बजे चावहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनी काँग्रेसका बैद्धिक तथा लोकतान्त्रिक समाजवादको व्याख्याता स्वर्गीय सीके प्रसाईंका सहोदर दाइ हुन् भने उनका श्रीमति, तीन छोरा र दुई छोरी छन् । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै पूर्वकोषाध्यक्ष प्रसाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् र मृतआत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *