सरकार र डा. केसीबीच सहमति, आजै अनसन तोड्ने तयारी

काठमाडौं । सरकार र आमरण अनसनरत रहेका डा. गोविन्द केसीबीच सहमति भएको छ । अबको केहीबेरमा नै सरकार र डा. केसीको तर्फबाट बनेको वार्ता टोली बस्ने र सहमतिलाई औपचारिकता दिएर आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेको भएपनि डा. केसीको ६ बुँदे मागको चौथो बुँदामा सहमती हुन सकेको थिएन । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेर सहमतिलाई अन्तिम रुप दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *