नेपालमा संक्रमितको कुल संख्या एक लाख नाघ्यो

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ६ सय १७ पुगेको छ भने मृतकको संख्या ६ सय पुगेको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८० जना कोरोना मुक्त भएका छन् । यससँगै अहिलेसम्म कुल ७३ हजार २३ जना निको भइसकेको छन् भने अझै पनि २७ हजार ५३ संक्रमित आइसोलेसनमा रहेका छन् । हालसम्म कुल ११ लाख ४५ हजार २ सय ३९ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *