बागमती प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना पुष्टि

काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्ले रहेकी छिन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सामान्य रुघाखोकी लाग्ने तथा टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताइन । हाल उनी होम आइसोलेसनमा बसेकी छिन् ।

काफ्लेको परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि उनी १५ दिनदेखि घरमै बसेको र कार्यालयमा कसैसँग सम्पर्कमा नआएको बुझिएको छ । काफ्लेलाई संक्रमण देखिएसँगै मुख्यमन्त्री कार्यालय तथा निवासमा हाल उच्च सतर्कता अपनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *