आजको मौसमः कहाँ कस्तो रहला?

काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पुर्वानुमान जारी गर्दै बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको जनाएको छ ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

आज देशभर आंशिक बदली रहने जनाएको छ भने प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै गरि शुक्रबार राति पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।

अहिले देशभर मौसम सामान्यतया सफा रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *