कन्टेनर भीरबाट खस्दा दुईको मृत्यु, दुई घाइते

काठमाण्डौ । कटारी नगरपालिका–८ स्थित सिद्धिचरण राजमार्गको दमारको भिरमा बिहीबार साँझ कन्टेनर दुर्घटना हुँदा कन्टेनर भित्र रहेका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अनियन्त्रित भइ ना ५ ख ९४२४ नम्बरको कन्टेनर सडकभन्दा ७ सय मिटर तल खसि दुर्घटना भएको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा कटारीका ४५ वर्षीय मिन बहादुर मगर र अर्का ठेगाना नखुलेका राकेश कुमार यादव रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

साथै दुर्घटनमा परि घाइते भएका कन्टेनरका चालक झापा दमकका योगेन्द्र दाहाल र सह–चालक सुनसरी बहारका विजय भुजेलको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *