फूर्सदिला दिनहरुसँगै: जेठको चटारो” पारसमणि खतिवडा।

✍️पारसमणि खतिवडा।
२२ जेठ
सिन्धुपाल्चोक
अगाडि आँखैमा घरैवाट लाङटाङमा झुल्किने घामको किरण र पछाडि मनै लोभ्यार वसेको शिवपुरिको ऐना हेरेर चिरविर चरि र सिन्धुखोलाको छ्याङ्छ्याङसहित विहानको चिया सगै शुरु हुन्छ हाम्रो दैनिकी। जँगलको फेदिमा सानो प्राकृतिक हरियालि छाङ्गापहराले मनमोहक मेरो गाँउ । जँगलमा फलेका काफल, चुत्रो; ऐँसेलु अनि आलुवखडाहरुले मोहनि लगाईरहेको छ ,अहिले।जेठको आज २0 कटिसक्यो।धमाधम गाउमा मकै गोड्ने र गहुँ चुटेर धानको व्याड राख्न शुरु भईसकेको छ । यस वर्ष पानी, आँधिहुरि ज्यादै परेको छ । त्यहि पानि र हुरिवाट मेरो गाउँ पनि अछुतो रहेन।अस्ति भर्खर बडेमा पानी पर्यो । गाउँघरमा वाढि पहिरो पस्यो वारिमा मकै स्वाहा पार्यो।गोलभेडाका टनेल लग्यो ।उम्रेका काँक्रो, फर्सी सखाप वनायो।
लकडाउ सुरु भयसगै गाँउमा आमावुवाको करकाप विच म पनि गाउँ फर्किय।गाँउमा आफ्नै वेमतलवि सुर हुन्छ, काम हुन्छ, निरन्तर चलिरहन्छ।विहान झिसमिसेमा उठेसगै गाईवस्तुको काम सगै खेतिपातीको काम वेलुकि साँझसम्म निरन्तर भईरहन्छ।घरमा काम खासै गरेको अनुभव थिईन ममा। तर यो साईतले काम सिक्ने र गर्ने मौका मिलाईदियको छ। पहिला घर आयसि एकछिन वस्न मन नलाग्ने यो मन अहिले त स्थायी घरजसरि अटल भयर समेत वसेको छ। यहि मौकामा मकै गोड्ने,आलु खन्ने, गहुँ चुट्ने जस्ता सकेका कामहरु गर्न लागियो। धानका व्याड राख्ने।खेत असारका लागि खेतका गर्हा खन्ने कान्ला तास्ने,झार फाल्ने जस्ता काम हुन थालेका छन।
लेककै फेदिमा रहेकाले मेरो गाउमाअलि ठण्डि र आँधिबेरी यहाको नियम नै वनेको छ। चिसो र सिमसिम पानी सगै अधिक जुका लाग्ने गर्दछ। वनमा घासपात अनि वाख्रावस्तु चराउन जादा एकछिन ढाडियको जुकाले चस्स टोक्दा मनै सिरिङ्ग वनाईदिन्छ। पहिला-पहिला अौँशि पुर्णिमामा घर आउदा ,`छोरो कोदालो झिकेर लेरान ´भन्दा- कहाँ राख्या छ ?भनेर कराउने म, अब त कुटो कोदालो राख्ने ठाउँ सोधिरहन नपर्ने भयको छ।हसिया नाम्लोको कुटि नै चिन्ने भईसकेको छु।धन्य कोरोना तिमिलाई ,मलाई सुधार्देकोमा।अँगेनामा कागज सम्म सल्काउन नसक्ने म दाउरा सल्कायर ढिडो पकाउन सक्ने भयको छु।
अर्काको काम गर्ने वानी परिसकेका हामी अहिले त आफ्नै अर्गानिक खेति चलाउन लाग्दा कताकता स्वर्गमै पुगेको आभास हुन थालेको छ। दिनभरि खेतवारिमा काम गरेर मूलको चिसो पानी सगै मकै भटमास खाजामा स्वाद लिन पाउँदा शहरका मिठा स्वाद विर्सने भयछन।आफ्नै घरमा पालेका गाईभैसिका शुध्द दूधवाट वनेका दहि महि,चिया खान पाउँदा ज्यान पनि अलि तङ्घ्रियको भान भईरा`छ।गाउँघरमा वुढावुढि आमाबाहरुको` सुकि मानु घिउ ´अनि `७ वर्षकै उमेरमा विहा भयको हाम्रो ´भनेर हजुरआमा गफिँदा मननै प्रफुल्लित हुदोँरहेछ।हजुरबुवाले तमाखु र आमाले विँडी समातेर` वायुपँखि घोडाहरु घण्ट वजाउदै आउथे´ भनेर कथा सुनाउदा साँच्चै ती घोडाहरु कहाँ पुगे होलान भनेर कल्पना गर्न थाल्छु।सानोमा,` यस्तो थिस, चकचके थिस, झगडा गर्थिस ।विधालय जादा कापि कलम हरायर आँउथिस;तेरो वुवाले कति गालि गर्थ्यो,दुनिँयालाई ढुङ्गाले हिर्कायर आँउथिस´ भनेर हजुरवुवाको कहानि सुन्दा साँच्चै वालापन फेरि घुम्दे हुन्थ्यो झै लाग्छ।आजकाल साँझपख आरती सकेपछि वुवाले शुरु गर्नुभयको रामायण र महाभारतमा पढ्न र वुझ्न समेत मन जान लागेको छ।
अब साच्चै जिन्दगी `याद दिलाउ´ भने झै मात्र भयको छ। विगतलाई सम्झेर ईतिहासमा कथा वनाउनु छ।स्वर्ण युगमा ढाल्नु छ।अब गाँउघरमा असारको तयारिमा जुट्ने वेला अायको देखिन्छ। वल्लो गाउँ ,पल्लो गाउले शहर पसेका सवै गाउँ फर्कि आयका छन। पहिल्यैदेखि वाँझा खेतवारी वनाउन शुरु गरेका छन।भुकम्पले लडायका पुराना सँरचना पन्छायर आफू अनुकुल वनाउन लागिपरेका छन।मानो रोपेर मुरि फलाउने वेला वुवा ममिले मात्र गर्दै आयको खेतिमा अब युवापिढि मिसिन थालेको देखिन्छ। कोरोनाले महामारि त लियो एक अर्थमा सवैलाई मिलन पनि गराईदियो गाउँमा।साँच्चै सवै यूवा मिलेर लागे देशमा अब सुनौला लहर आउने थिय कि भन्ने कल्पना गरेर म पनि खेत तिर कोदालि वोकेर लम्किय।
(पारसमणि खतिवडा – मेलम्चि, ज्योतिषगाउँ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *