जाजरकोटमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु

काठमाण्डौ । जाजरकोटमा भएको जिप दुर्घटनामा परि वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । साथै अन्य दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले बताए ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेका छन् भने बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको श्रेष्ठले बताएका छन् ।  ।

बुधबार जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप जुनिचाँदे गाउँपालिका-१ औलखोलामा दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *