नेपालको यो एयरलाइन्सका पाइलट र एयरहोस्टेजलाई कोरोना पुष्टि, प्रहरी अस्पताल भर्ना गरियो [को हुन् त]

काठमाडौँ, १९ असार । लकडाउन का क्रममा विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउन प्रयोग गरिएको हिमालयन एयरलाइन्सका पाइलट र क्याबिन क्रु मेम्बरलाई कोरोना पुष्टि भएको छ । हिमालय एयरलाइन्सले लकडाउनका समयमा करिब ३६ भन्दा बढी अन्तर्राष्ट्रिय उडान गरेको छ । सो क्रममा एयरलाइन्सका पाइलट र कु्र मेम्मरमा कोरोना पुष्टि भएको हो ।एयरलाइन्समा कार्यरत एक मेक्सिकन पाइलट र एक एयर होस्टेजलाई कोरोना पुष्टि भएको बताइएको छ । आरडीटी परीक्षण नेगेटिभ आएका उनीहरूको पीसीआर परिक्षणमा पोजेटिभ देखापरेको छ । कोरोना पुष्टि भएपछि उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा भर्ना गरिएको छ ।

पाइलटलाई कोरोना पुष्टि भएपछि उनको ‘कन्ट्रयाक ट्रेसिङ’ का क्रममा एयर होस्टेजलाई पनि कोरोना पुष्टि भएको फेला परेको जनाइएको छ । कोरोना पुष्टि भएपछि हिमालयन एयरलाइन्समा ४० भन्दा बढी पाइलट र ८० भन्दा बढी एयर होस्टेज तथा अन्य कर्मचारीलाई निगरानीमा राखिएको छ । हिमालयन एयरलाइन्समा विभिन्न देशबाट उडान गरेका यात्रुको जानकारी लिने क्रम भने जारी रहेको छ ।

यो अर्को समाचार, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *