विदेशीएका युवाको पीडा समेटेको बद्री पंगेनीको गीत बजारमा

काठमाडौं ।

गायक बद्री पंगेनीका गीतहरु प्राय देश र समाजको यर्थार्थ चित्रण गर्ने खालका हुन्छन, यहि क्रममा फेरी बिदेशीने युवाहरुको पिडालाई देखाउने नयाँ गीत सांगीतिक बजारमा आएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

गायक बद्री पंगेनीको स्वर रहेको गीत ‘बाटो हेरी नरोउ है आमाले’ सार्वजनिक भएको छ । बिदेशिएका युवापुस्ताको पिडालाई प्रस्तुत गरिएको गीत भिडियोसहित सार्वजनिक भएको हो । भिडियोमा कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका युवाहरुको मर्म र आमा र सन्तानबीचको गहिरो र आत्मीय सम्बन्ध प्रस्तुत गरिएको छ ।

गीतको भिडियो क्रान्ति केसीले निर्देशन गरेकी हुन् । गीतमा दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत रहेको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा बद्री पंगेनी, सुलोचना भडेल, मनिषा लोकन्द्रीलगायतको अभिनय देख्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *