फिल्म क्षेत्र सुचारु हुने सम्भावना , कहिले बाट हुने हो त?

काठमाडौं ।
कोरोनाको कारण ६ महिना अघि देखि चलचित्र क्षेत्र पर्ण रुपमा ठप्प छ । चलचित्र सम्बन्धी कुनै पनि गतिविधी नहुँदा यो क्षेत्रमा काम गरेर आफ्नो जीवन अगाडि बढाइरहेका चलचित्रकर्मी समस्यामा परेका छन् ।
नेपाल सरकारले देशका विभिन्न क्षेत्र सुचारु गरेपनि चलचित्र क्षेत्रलाई सुचारु गर्ने बिषयमा कुनै पनि निर्णय गरेको छैन । चलचित्र मात्र आफ्नो व्यवासय बनाएका चलचित्रकर्मीहरु आर्थिक समस्याबाट गुज्रन बाध्य भै सकेका छन ।
चलचित्रकर्मीले पनि यो बिषयमा दबाब दिन नसकेको टिप्पणी हुँदै आएको छ । यसैविच, चलचित्र क्षेत्रका केही संस्थाका प्रतिनिधीले बुधबार सीसीएमसीको टिमसँग भेटघाट गरेका छन् ।
बुधबार सीसीएमसीको टिमसँग भेटघाटका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान पुगेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
सीसीएमसीसँगको छलफलमा चलचित्रकर्मीहरुले चलचित्र क्षेत्र सुचारु गर्नका लागि आग्रह गरेको वुझिएको छ ।
भेटमा सहभागी एक चलचित्रकर्मीले अनलाइनखबरसँग भने–‘हामीले चलचित्र क्षेत्रलाई सुचारु गर्नका लागि के के गर्छौ भनेर सबै जानकारी गराएका छौ । सीसीएमसीका प्रतिनिधीहरु सकारात्मक रहेको पाएको छौ ।’
केही दिनमै चलचित्र क्षेत्रका लागि सुखद खबर सार्वजनिक हुने अपेक्षा चलचित्रकर्मीहरुको छ । सरकारले आन्तरिक हवाई उडान, होटल, लामो दुरीका गाडी संचालन गर्ने अनुमती दिएपनि चलचित्र क्षेत्रका लागि कुनै पनि खालको सम्बोधन गरेको छैन ।
चलचित्र क्षेत्र केही दिनमै सुचारु हुने अपेक्षाका साथ चलचित्रकर्मीहरुले धमाधम चलचित्र निर्माणको घोषणा गर्न थालेका छन् ।