‘लकडाउन’ साउन ७ सम्म लम्ब्याउने मन्त्रिपरिषद बैठकको निर्णय,यस्तो हुने लकडाउन

काठमाडौं- सरकारले पछिल्लो समय खुकुलो बनाएको लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

उनले भने, ‘लकडाउन खुकुलो हुँदा जोखिम बढेपछि लकडाउनलाई कडा गर्ने निर्णय भएको छ ।’गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ ।यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।आजको बैठकमा कोभिड-१९ महामारी रोकथामका विषयमा छलफल भए पनि नेपाल प्रवेश गरेको सलह र बर्खायाममा हुन सक्ने विपद्का घटनामा भने कुनै छलफल नभएको उनले बताए ।

सरकारले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।‘अहिलेकै अवस्थामा लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ’ मन्त्रिपरिषद बैठकपछि एक मन्त्रीले अन्नपूर्ण अनलाइनसँग भने। ति मन्त्रीका अनुसार अन्तरािष्ट्रय हवाई उडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको छ। त्यस्तै काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ। सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।सबारी साधन जोर बिजोर नै चल्ने छन्। पसल हरु पनि खुल्नेछ। तर जोर बिजोरको नियम पालना नगर्ने सवारीलाई कारबाही हुने छ। यस्तै अन्य नियम पालना नगर्नेलाइ पनि सरकारले कारबाही गर्ने भएको छ। सकभर घर भित्रै बसौ, बाहिर अत्याअव्सेक काम नपरी नानिस्काउ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *