बिहे गर्ने पुरुष खोज्दै लाइन लागे युवती

जहाँ पनि केटि पाउन गार्हो छ भन्दै मानिसहरूले बिलौना गर्दै हिड्ने गरेका छन्। छानी छानी केटि पाइन्छ भन्दा कसैलाई पनि त्यति बिस्वास नलाग्न सक्छ। विश्वमा केहि यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु बिहे गर्न पाएका छैनन् ।तर विश्वमा यस्तो राष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कुवारी बस्न पनि बाध्य भएका छन् । यस्तै आज हामी यस्तो रास्ट्रको बारेमा जानकारी गराउदै छौं जहाँ युवतीहरु बिहेको लागि युवक नपाए पछि विवाहित पुरुषसँग बिहे गर्न मरिहत्ते गर्छन । यो देशमा अबिबाहित युबक नपाएकै कारणले गर्दा केटि हरु बिबाहित पुरुष भने पनि मरिहत्ते गर्ने गरेको पाइएको छ।

युवाहरुको कमि भएपछी युवतीहरु विवाहित पुरुषको कान्छी, माईली, साईली दुलहीसम्म बन्न तयार रहेका छन् । हो त्यो रास्ट्रको नाम हो सिरिया । यहाँ दिनकै जस्तो युद्ध हुने गरेको छ। सिरिया यस्तो राष्ट्र हो जहाँ गृह युद्दको कारण पुरुष को संख्यामा कमि आएको छ । लाखौँ युवा हरु ज्यान जोगाउन देश छोडी सकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो ।युवाको कमि परेपछि युवतीहरु विवाहित पुरुषको साईली, माईली, कान्छी दुलही बन्न समेत तयार रहेका छन् । सिरियामा ७० प्रतिसत युवतीहरु त अविवाहित बस्न बाध्य भएको समाचार हरु बाहिरिएको छ । सिरियामा रहेको पुरुषको जति ओटी श्रीमती रहेपनि युवतीहरु विवाह गर्न लालायित हुने गर्दछन ।

सन् २०१०को तुलनामा सन् २०१५ मा बहु विवाहको आकडा ह्वात्तै बढेको थियो । देशमा पुरुषको संख्या महिलाको भन्दा कयौं थोरै रहेको छ । सामाजिक सुरक्षा लागि भनेपनि विवाह गर्न नचाहाने महिलाहरु पनि विवाह गर्न हतारिएको बताईएको छ । ७० प्रतिशत महिलाहरु त अविवाहित नै छन् । यस्तो अवस्थामा उनीहरुले केटा पाए बिहे गरिहाल्ने बताएका छन्। यति मात्र हैन उनीहरुका बाबुआमाले राम्रो दाइजो पनि दिने गरेका छन्। सरकारले पनि कुनै बिदेशी केटाले बिहे गरेमा उतैको नागरिकता दिएर राम्रो नोकरी र पैसा समेत दिने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *