साढे तीन लाख देखिनै बन्छ नेपालमा यस्तो आकर्षक घर, सम्पर्क नम्बर सहित

काठमाडौंआफ्नो घर बनाउनु सबैको सपना हुन्छ । तर अहिलेको समयमा घर बनाउन सानोतिनो रकमले पुग्दैन । सस्तो तथा राम्रो घर निर्माण गर्न चाहानुहुन्छ ? यदि चाहनुहुन्छ भने यो तपाइको निकै सुनौलो अवसर हुन सक्छ किन भने कोरियाली कम्पनि प्यानलले अहिले आफ्नो उत्पादन शुरु गरेको छ । यस कम्पनीले फेब्रिकेटेड भवन निर्माण सम्बन्धिका सामान उत्पादन गर्ने गर्दछ भने यसले सबैको घरको सपना पुरा गर्न सक्छ। एउटा सामान्य कारको मुल्य बराबरमा नै एक साढे २ तला सम्मको घर निर्माण हुन्छ । कम्पनीले नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन गर्न शुरु गरेका छन् । यसै हप्तादेखि कम्पनीले आफ्नो उत्पादन शुरु गरेको हो ।

 

यस कम्पनिद्वारा उत्पादन हुने छाना तथा वालहरु गर्मि बढी हुने क्षेत्रका लागि बरदान साबित हुने जनाइएको छ ।  उक्त छानाले ८ देखि १० डीग्रीसम्मको तापक्रम रोक्न सहयोग गर्छ भने यो प्रविधिले तराइबासिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने बताइएको छ । कम्पनीले अब बिभिन्न रंगको दुई देखि ६ इन्चीसम्मको बाक्लो छाना तथा वालहरु उत्पादन गरिने जनाएको छ। शतप्रतिशत कोरियन प्रबिधि तथा लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु सस्तो तथा टिकाउ हुने जनाइएको छ । यस कम्पनीका उत्पादनहरु ६० बर्ष टिकाउ हुने जनाइएको छ । साथै यी उत्पादनहरु भुकम्प प्रतिरोधी रहेको बताइएको छ । कूल ७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको हो ।

 

त्यसैगरी यस कम्पनीका उत्पादनहरु तराइ क्षत्का लागी मात्र नभई पहाडी र हिमाली भागका लागि पनि बरदान नै साबित हुने बतैको छ । १२ सय डिग्रीको तापक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलिट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तथा तातो दुवै रोक्न मद्दत पुर्याउने भनिएको छ । यस कोरियाली कम्पनि प्यानलले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन गर्ने तयारी गरिरहेको छ । यस कम्पनीले ४३ जिल्लामा डिलर वितरण गरिसकेको छ भने कोल्डस्टोरको लागि चाहिने प्यानलसमेत उत्पादन गरिरहेको छ । सरकारले वि. स. २०७२ सालमा गएको वि*नाशकारी भू*कम्पबाट ध्व*स्त भएका घर निर्माणको लागि दुई लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

 

सरकारको उक्त घोषणापछि धेरैले आलोचना सरकारको गर्दै  आफ्नो असन्तुष्टि जनाउन थाले । दुई लाख दिएर पनि घर बन्छ ? सामान्य रुपमा हेर्दा घर बनाउनका लागी दुई लाख सानो रकम नै मानिन्छ । यति थोरै पैसाले कहाँ घर बन्ला ? यस्ता विभिन्न प्रश्नहरु उठेको थियो । तर दशकदेखि स्थानीय स्रोत र साधनको प्रयोग गरेर घर बनाइरहेको एउटा कम्पनीले डेढ लाखमा नै घर बन्ने दावी गरेको छ । कम्पनीले डेढ लाखमै भूकम्प प्रतिरोधी घर बनाउने दावी गरेको हो । मुलुकभित्रै रहेको बाँसबाट राम्रो घर निर्माण गर्न सकिन्छ,’ कम्पनीका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका जोशीले भने, ‘घर निर्माणमा विदेशी सामानको प्रयोग गर्न पर्दैन । स्वदेशी वस्तुको प्रयोग हुने भएकोले यो सस्तो भएको हो ।

 

’भूकम्पपछि सस्तो, छिटो र सजिलोसँग घर निर्माण गर्न चासो बढेको छ । छिटो र सस्तो निर्माणका लागि यस्ता घर उत्तम हुन्छन् । कम्पनीले एक महिना भित्रै घर निर्माण गरेर ग्राहकलाई हस्तान्तरण गर्ने दावी गरेको छ । १५ दिनमा फाउन्डेसन र १५ दिनमा घरनै निर्माण सकिने जानकारी पनि कम्पनीले दिएको छ ।‘हामी ग्राहकले चाहे अनुसारको घर निर्माण गर्न सक्छौ । न्यून, मध्यम र उच्च आय भएका ग्राहकको माग अनुसार घर निर्माण गर्न सक्ने क्षमता छ,’ अध्यक्ष जोशीले भने, ‘तर अहिलेको आवश्यकता भनेको भूकम्प पीडितको पुनस्र्थापनाको हो । त्यसैले डेढ लाख र साढे तीन लाख रुपैयाँको घरलाई बढी लक्षित गरेका छौ ।’ गैरआवासीय नेपाली संघ(एनआरएनए)ले बाँसको घरको बारेमा जानकारी लिइसकेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

घरको छानामा टिनको प्रयोग गरिन्छ भने भित्तामा बाँसको प्रयोग हुन्छ । बाँसको भित्तामा सिमेन्टले प्लास्टर गरिन्छ । कम्पनीले बाँसबाट निर्माण भएको घरको आयु ३० वर्षको हुने दावी गरेको छ । ‘यो घरको ग्यारेन्टी ३० वर्षको गरेका छौ । तर यो भन्दा बढी पनि टिक्छ,’ जोशीले भने, ‘ घर निर्माणलाई दिगो बनाउने हाम्रो प्रयास हो । ’घर बनाउँदा प्रयोग हुने बाँसको आवश्यक ट्रिटमेन्ट गरिन्छ । कम्पनीका अनुसार उक्त ट्रिटमेन्ट गरेपछि घरका बाँसमा किरा लाग्ने समस्या आउँदैन र उक्त बाँसमा धुलिया लाग्ने समस्या पनि देखिदैन। बाँस आफै इन्सुलेटेड भएकोले विग्रिने समस्या पनि कम हुन्छ । कम्पनीले अहिलेसम्म आफुले यस्ता एक हजार घर बनाइसकेको जानकारी एनआरएनलाई दिएको छ । कम्पनीले व्यक्तिगत, गैरसरकारी संस्था, विद्यालयलगायत लागि यस्ता घर बनाएको छ ।

 

कम्पनीले घरको लागि आवश्यक पर्ने सामग्री हेटौंडामा रहेको आफ्नो उद्योगमा तयार गर्छ र फाउन्डेसन तयार भएपछि उद्योगबाट सामान ल्याएर प्राविधिकले जोड्ने काम गर्दछ । यो घर अरु घर जस्तै फाउन्डेस ढुंगा, सिमेन्ट तथा ईटाबाट तयार गरिन्छ । फाउन्डेसन तयार भएपछि बाँसबाटै विम, चौकस लगायतका सम्पूर्ण सामाग्री तयार हुन्छ । कम्पनीले अहिलेसम्म तीन सय स्क्वायर फिटको मुक्त कमैयाको क्याम्प, विराटनगरमा पाँच सय ८० स्क्वायर फिटको निजी आवास, मेलम्चीमा रिम्स नेपालको एक हजार स्क्वायर फिटको घर र एक हजार स्क्वायर फिटको ट्रेनिङ हल, आठ सय ८० स्क्वायर फिटको भवानी एकीकृत स्कुल, नेपाल उद्योग वाणिज्य महासंघको सुर्खेतमा टेड स्कुल, लेखनाथ उद्योग वाणिज्य संघको ट्रेनिङ हल लगायतको घर बनाइसकेको बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *