लुँडोमा चार पटक श्रीमतीसंग हारेपछि श्रीमानले यस्तो गरे, श्रीमती भइन अस्पताल भर्ना

एजेन्सी ।
बैसाख ३०
लकडाउनका समयमा सबै मानिस अहिले घर भित्रै छन् । घरमा अनेक काम गरेर परिवारका सदस्यसंगै सबैले समय विताइरहेका छन् । समय बिताउनको लागि मानिसले विभिन्न तरिका अपनाएका छन्। कोहि चलचित्र हेरेर समय बिताउछन,कोहि किताब पढेर त कोहि तास खेलेर। यस्तै समय बिताउने आर्को माध्यम बनेको छ लुडो। नेपाल लगायत भारत मा अहिले करोडौ मानिस लुडो खेल्ने गरेको बताइएको छ। घरमै बोर्ड किनेर,मोबाइलमा एप को माध्यम बाट र फेसबुककै मध्यम बाट पनि अनलाइन लुडो खेल्ने गरेका छन्। म्यासेन्जरमा मात्र २ करोड मान्छेले लुडो खेल्ने गरेको पाइएको छ। यो खेल खेल्न मज्जा हुने र साथी भाइ संग टाइम पास हुने हुनाले पनि यो खेलमा मानिसको रुचि बढेको हो।हेर्नेहो भने मानिसहरु अहिले लुडो खेल्नकै लागी पनि घन्टौ अनलाइन बस्ने गरेका छन।
अरुको गोट्टि काटेर हास्ने रमाइलो गर्ने तथा विभिन्न बाजी समेत राखेर खेल्ने गरिन्छ यो खेल। यसो गर्दा रमाइलो हुनु पर्ने हो सधै तर तेस्तो भने हुदैन। हार्दै गएपछि मानिसको मुड बदलिन्छ अनि मानिसलाई रिस उठ्न थाल्छ। यस्तैमा अहिले विश्वका विभिन्न मुलुकवाट अचम्म लाग्दा समाचार पनि वाहिरिएका छन् । श्रीमानले लुडोमा हारेको रि* समा श्रीमतीलाइ नै कु* टे भन्दा पत्याउन गार्है पर्ला। तर साच्चिकै यो घ* टना घटेको हो। यो खेल रमाइलोको लागि खेलिने भएता पनि कहिले कहिँ मानिस हर्न थालेपछि रि* सको झोकमा आ* क्रामक हुने गरेको पाइएको छ।र मानिसले रि* स माथि काबु राख्न नसक्दा विभिन्न समस्या आइपर्ने गरेको छ।लुँडोमा श्रीमानले हारेको रि* समा श्रीमतीमाथि ला* त्ती प्र* हार गर्दा श्रीमती अ* स्पताल भर्ना भएकी छन् । यो भारतको समाचार हो । २૪ वर्षीय महिला अहिले अ* स्पतालमा उपचार गरिरहेकी छिन् । उनको मेरुदण्डमा असर परेको छ ।
ला* त्तीले हा* न्दा श्रीमती भुइमा ल* ड्न पुग्दा उनको ढाड ठोक्किएको र उनको मेरुदण्डमा असर परेको बताइएको छ।सुन्दा अचम्म लागे पनि यो भारतको गुजरात प्रदेशको भाडोडरा सहरको यथार्थ घट* ना हो । परिवारको आर्थिक सहयोगको लागि ती महिलाले घरमा ट्युसन पढाउँथिन् । उनले आफ्नो श्रीमान समाजका अरुसँग कुरा गर्नुको साटो घरमै बसोस् भन्ने चाहन्थिन । उनले श्रीमानलाई लुँडो खेल्न भनिन् र श्रीमानले स्वीकार गरे तर उनले तीन चार पटक लगातार हारे ।हारेपछि श्रीमानले श्रीमतीसँग झ* गडा गर्न थाले । झ* गडाले उग्र रुप लिएपछि श्रीमानले श्रीमतीमाथि लात बर्साए । प्राइभेट इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्ने श्रीमानले दुई जनाको लागि प्रशस्त पैसा कमाएका थिए तर उनीहरुलाई घरको लोन तिर्नु थियो ।
जसले गर्दा श्रीमतीले घरमा ट्युसन पढाउन थालेकी थिईन् । घाइते श्रीमतीले उपचारपश्चात् माइत गई बुवाआमासँग बस्ने बताएकी छिन् भने श्रीमानले भने गल्ती स्वीकार गरी माफी माग्ने बताएका छन् । श्रीमानले आफु टेन्सनमा रहेको र लक् डाउन को बेला आफ्नो पारिश्रमिक पनि आध काटिएकोले धेरै तनाबमा रहेको बताएका छन् भने श्रीमतीले हारेको रि* स थाम्न नसकेर आफुमाथि प्राहार गरेको बताएकी छिन्। खेलमा हारजित हुनु सामान्य कुरा हो, खेल प्रतिस्प्रधा भन्दा पनि मरोरंजनको लागि खेल्दा यस्तो घटना नहुने त्यहाका प्रह* री अधिकारिले बताए। तपाई पनि आफ्नो घरमा खेल खेल्दा मनोरन्जनको लागि मात्र खेल्नु होला नत्र यस्तै घट* ना नघ* ट्ला भन्न सकिन्न।