कंगना रनौतको अफिसमा तोडफोड, अभिनेत्रीले यसो भनिन्

काठमाण्डौ । मुम्बई महानगरपालिकाको एक समूहले अभिनेत्री कंगना रनौतको बंगलाका केही हिस्सा अवैध तरिकाले गरिएको परिवर्तन गरिएको भन्दै फुटाउन सुरु गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
कंगना रनौतले आफैले पनि यस प्रक्रियाको तस्बिर ट्वीट गर्दै मुम्बईको पुनः तुलना पाकिस्तान प्रशासित कश्मिरसँग गरेकी छिन् । यसअघि उनको यहि बयानले निकै हंगामा मच्चाएको थियो ।
कंगना आज नै नै हिमाचल प्रदेशबाट मुम्बई फर्किरहेकी छिन् भने उनले बाटोबाटै ट्वीट गर्दै लेखिन्, ‘यस्तो समय जब म मुम्बई दर्शनका लागि एयरपोर्ट जाँदै छु, महाराष्ट्र सरकार र उनीहरुका गुण्डाले मेरो सम्पत्तिलाई अवैध तरिकाले तोड्न थालेका छन् ।’
महाराष्ट्रको सत्ताधारी दल शिवसेनाका नेताहरु तथा अभिनेत्री कंगनाबीच भइरहेको विवादका कारण कंगनामाथी हाल ज्यानको खतरा रहेको निष्कर्षमा पुग्दै भारतको केन्द्रीय गृहमन्त्रालयले उनलाई Y श्रेणीको सुरक्षा प्रदान गरेको थियो।
कंगना रनौतका वकिलले बम्बई हाई कोर्टमा बीएमसीको कारवाहीविरुद्ध अपिल दर्ता गरेका छन् जसमा आज सुनुवाई हुनसक्ने बताइएको छ ।