गर्मीमा मोही खानुको यति धेरै फाइदा

काठमाण्डौ । गुलियो मोही एक पारंपरिक दक्षिण एसियाई पेय हो। दही लाई घोटेर घिउ बनाइसकेपछि बचेकोमा पानी हालेर मोही बनाइन्छ। गर्मीको समयमा मोहीलाई निकै रामर उपयोग गरिन्छ । गर्मीको समयमा मोही पिएर मानिसहरु आफ्नो तिर्खा मेटाउने गर्दछन् । अझ गाउँतिर त गर्मीयाममा पाहुनाको सत्कारमा पनि मोही दिने गरिन्छ । मोही स्वादिलो हुनुका साथै स्वस्थ्यकर पनि छ। मोहीका अनेक गुण छन्, जसबाट हाम्रो स्वास्थ्य लाभान्वित हुन्छ । मोहीले हाम्रो शरीरलाई निकै फाइदा गर्दछ ।
मोहीको विभिन्न रुपमा सेवन सकिन्छ । घटघट सादा मोही पनि निकै नै स्वादिष्ट हुन्छ तर पनि यसलाई आजभोली विभिन्न किसिमले सेवन गर्ने गरिन्छ । गाँउघरमा विषेश गरेर गर्मी याममा दहीमा पानी हालेर खाने चलन अझै पनि कायमै छ। आयुर्वेदमा समेत मोहीलाई विशेष महत्व दिइएको छ । मोहीले विशेषगरि पाचन यन्त्रलाई राम्रो बनाउँछ भने खानेकुरा पचाउनमा यसले सहयोग गर्छ । मोहिमा पोटासियम, क्याल्सियम, प्रोटिन जस्ता तत्व पनि समावेश हुन्छ । मोहीको सेवनले शरीरलाई सितलता प्रदान गर्छ भने यसको सेवनले शरिरलाई पानीको अभाव हुन दिदैन ।
बिहान साँझ महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ। महीमा प्रयाप्त मात्रामा क्लासियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ । बान्ता आउने जस्तो मन भएमा महीमा जायफल पिसेर यसको मिश्रण पिउँदा लाभदायिक हुन्छ पटकपटक बाडुल्की लाग्ने समस्या रहेमा महीमा एक चम्चा अदुवाको रस/पाउडर मिलाएर सेवन गर्नु लाभदायक हुन्छ । भुटेको जिराको साथ महीको सेवन गर्नाले पाचन प्रणाली ठीक राख्न मद्दत गर्छ। साथै यसले पेटको गर्मी र अन्य समस्याहरूबाट पनि जोगाई राख्छ । महीमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा छालाको चाउरीपना कम हुन्छ ।
गुलाबको जरालाई महीमा पिसेर अनुहारमा लगाउँदा त्यसले डन्डीफोरको समस्या कम गर्दछ। कपाल झर्ने समस्यामा पनि मही उत्तिक्कै उपयोगी मानिन्छ । बासी महीले हप्तामा दुई दिन कपाल धुदा कपाल सिल्की र चम्किलो बनाउने गर्दछ। मोटोपना अधिक हुँदा महीमा नून मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।