सामाजीक दूरी कायम गर्दै क्वारेन्टिनमै अन्तर जातीय विवाह गरेको दम्पतीलाई एकसाथ नबस्न आदेश

काठमाण्डौ । अहिले कोरोना भाइरसको महामारीका कारण बाहिर मुलूकबाट आउने हरुलाई क्वारेन्टिनमा राख्ने घोराहीव्यवस्था गरिएको छ । क्वारेन्टिनबाट विभिन्न किसिमका अनौठा तथा रोचक खबरहरु बाहिरी नै रहेका हुन्छन । यस्तैमा घोराहीको क्वारेन्टिनबाट एक त्यस्तै रोचक खबर बाहिरिएको छ । घोराहीको उपमहानगर पालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक जोडीले विवाह गरेका छन् । घोराही–१८ का २३ वर्षीय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका –५ की चौधरी थरकी २१ वर्षीय युवतीले यहि जेठ ३२ गते क्वारेन्टाइनमै हुँदा विवाह गरेको वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालले जानकारी दिएका छन्।
करिब २५/२६ दिनअघि भारतको दिल्लीबाट आएका उनीहरुलाई वडा नम्बर १८ को आधारभुत विद्यालय बेलघारी क्वारेन्टाइनमा राखिएको थियो । ‘नौ महिनाअघि देखि उनीहरुको प्रेम सम्बन्ध रहेछ,’ वडाध्यक्ष अर्यालले भने, ‘उनीहरु सँगै भारत गएका र सँगै आएका रहेछन्। उनीहरुले जेठ ३२ गते धार्मिक संस्कार अनुसार नै सामाजिक दूरी कायम गर्दै बरपिपललाई साक्षी राखी विवाह गरेका हुन्।’ ती दम्पत्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने उनीहरुलाई १४ दिनसम्म छुट्टा छुट्टै बस्ने निर्देशन दिएर घर पठाएको वडाध्यक्ष अर्यालले बताएका छन् ।
असारमा नौ महिना पुग्ने भएका कारण उनीहरु दुवैको आग्रह तथा घर परिवारको सरसल्लाह अनुसार नै क्वारेन्टाइनमा विवाह गरि दिएको समेत उनले बताएका हुन् । कृष्णका अनुसार २ वर्षअघि उनको र सीताको फेसबुकबाट चिनजान भएको थियो। कृष्ण नयाँदिल्लीको एक होटेलमा सेफको काम गर्थे भने सीता तुलसीपुरस्थित गोरखा माविका कक्षा १२ मा पढ्थिन्। चिनजान भएको केही समयमै उनीहरूको माया बसेको थियो भने त्यही माया लाई विवाहमा परिणत गर्नका लागी उनीहरु ९ महिनाअघि भागेर भारत गएका थिए।
‘९ महिना पहिला भागेर भारत गएका थियौ,’ कृष्णले भने, ‘जेठ १० गते फर्केर आएपछि क्वारेन्टिनमा बस्नु पर्यो। पिसिआर रिपोर्ट नेगेटिभ आएकै दिन विवाह गरेका हौं।’ घर परिवारले आफ्नो अन्तरजातीय विवाहलाई सहजै स्वीकार गरेको र अभिभावककै सल्लाहमा रिपोर्ट नेगेटिभ आएकै दिन समुदायलाई साक्षी राखेर औपचारिक रूपमा विवाह गरेको कृष्णले बताएका हुन्।