मार्मिक प्रेम उपन्यास -उसले जितेको हार (भाग १) – शिशिर आचार्य

भाग १ – अन्त्य
सानो छ्दा कहिले दशैँ आउला अनि तास खेल्न पाइएला झैँ लाग्थ्यो। हुन पनि तास खेल्न पाउनु ठुलो कुरा नै थियो र दशैँ बाहेक अरु बेला तास खेलेको घरमा थाहा पाए भने ढाड्ले दुख पाउने निश्चित नै हुन्थ्यो। १ रुपिया बोट जुट्पत्ति खेलेर दिनभरिमा १० रुपिया जित्दा ३ गाउलाइ सुनाउन पुगिन्थ्यो। लाग्थ्यो धनको राजा कुबेर यदि यो कलियुगमा यदि कोहि हो भने त्यो म हु। स्कुलमा ‘ क्लिप एंड आर्ट ‘ भन्ने नया किताब पनि पढाईमा समाबेश गरिएको थियो। हप्ताको एक पट्क पढाई हुने सो बिषय पढाउन काठमान्डौबाट सर आउनु भएको थियो। एक दिन कागज को पर्स पनि बनाउन त्यहि क्लासमा सिकिएको थियो , म कलियुगको कुबेरको खजाना राख्ने सन्दुक त्यहि नै थियो। मिलाएर त्यो जितेको १० रुपिया पर्स मा राखिन्थ्यो र चेपेर सुतिन्थ्यो।

अहिले समय बेग्लै भएको छ। बुवा संग संगै बसेर तास खेल्न थालिएको छ र तास खेल्न लाइ कुनै चाड नै कुर्नु पर्ने भन्ने छैन। १२ बर्ष अघि म १५ बर्षको हुदा मरो आमा बितेपछि बुवा नै मेरो साथि र म बुवाको साथी बनेको थिए । घरमा आइसकेपछि हामी बाउ-छोरा सधै जस्तो टाइम पास गर्नका लागि तास खेल्ने गर्थ्यौ र तास खेल्दा एक दुइ हात जितेपछि प्राय बुवा सधै मन्द मुस्कानका साथ् भन्नु हुन्थ्यो तैले झेली नगरी , सिधा तरिकाले खेलिस भने कहिले पनि जित्न सक्दैनस। जित मेरा लागि महत्व पूर्ण थियो। मलाई हरेक कुरामा जित्नु नै पर्थ्यो , चाहे त्यो कुरा सानो नै होस् या ठुलो। जित्दा त ठिकै हो , तर म जब हार्न थाल्थ्ये तब झेली गरेरै भएपनि मलाई जित्नु पर्थ्यो। जित पनि एउटा लत हुदो रहेछ , सधै जित्ने मानिस लाइ सानो हार ले पनि पिडा मा पुर्याउदो रहेछ भने हारि रहने मानिसलाई ठुलो हार पनि सामान्य लाग्दो रहेछ।
यो कथाको अडियो बाचन सुन्न यहाँ क्लिक गर्नुहोला।
बुवाको त्यो कुरा सुन्दा लाग्थ्यो झेली गर्दा हारेको हारलाई पनि जितमा बदल्ने सक्ने क्षामता ममा थियो। तर कुनै कुनै खेल यस्तो पनि हुन्छन , जसमा जित्ने मौका केवल १ चोटी हुन्छ। सानैमा आफुलाई भन्दा बढी मलाई माया गर्ने आमा हारेको थिए मैले भगवान संग। सायद भगवान पनि भगवान हुन्नन् रहेछ्न , नत्र आफ्नो जितको लागि र आफ्नो अस्तित्व प्रमाणित गर्नकै निम्ति म अबोध बालक लाइ हराएर म बाट मेरो आमालाई खोसेर लाग्ने थिएनन् होला। मन बुजाएको थिए आमालाई नै हारे पनि । भगवानको यो रुप बुझेको मैले मेरो बुवाको रुप पनि बुझेको थिए। कुन रुप मानिसको रुप हो र कुन रुप भगवानको त्यसमा म अलिकति पनि दुइ मत थिएन। मेरो बुवा भगवानको अर्को रुप हुनुहुन्थ्यो। मेरै चिन्ता ले उहाले अर्को आमा पनि ल्याउनु भएन , न नै मलाई आमाको कमि हुन दिनु भयो। मेरो निमित्त आफ्नो जिन्दगि र जवानी दुवै सुम्पिने मेरो बुवाको हार कति थियो त्यो कहिले उहाले देखाउनु भएन।

१२ वर्ष सम्म भगवान संग हारेको हार बिर्सिन लाग्दा केहि हद सम्म त्यो हार बिलिन हुन थालेको थियो। तर भगवान मलाइ जमिनको धुलो नचटाइ सुखाले साश फेर्ने सोचमा थिएनन् सायद त्यसैले मेरो अर्को हार को रुपमा कोहि पठाइदिए र मेरो दोर्सो हार बनेर आइन – मेरो पहिलो प्रेम अमिषा।
     यो कथाको अडियो बाचन सुन्न यहाँ क्लिक गर्नुहोला।

(भाग १ को बाकी अंश नियमीत अंशको रुपमा सधै सुचना हबमा प्रकाशित हुने छ , कमेन्ट्मा प्रतिक्रिया दिनुहोला )

Leave a Reply

Your email address will not be published. Required fields are marked *