मौरीको घार बनाएरै वार्षिक २० लाखको आम्दानी गर्ने यी व्यक्ति

काठमाण्डौ व्यापार व्यवसाय गर्नका लागी लगानीको आवश्यकता पर्दछ । तर सबैसँग धेरै लगानी गर्न मिल्ने स्रोत नहुन सक्छ । त्यस्तो अवस्थामा के गर्ने त? हरेक व्यवसाय सुरु गर्न लगानी गर्नुपर्छ तर सबै कार्यमा धेरै लगानीको अवाश्यकता पर्छ भन्ने पनि छैन । केहि यस्ता व्यवसायहरु छन् जुन हामीले सानै लगानीमा पनि सुरु गर्न सक्छौँ । यस्तै एक युवक बनेका छन् कालीमाथी गाउँपालिका-१, लक्ष्मीपुरका बाल कंवर । उनी द‌ृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै पनि मनग्य आम्दानी गर्न सकिने उदाहरण बनेका छन्‌।

कंवरले अहिले मौरीघारकै बिक्री गरेर वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्‌। गत वर्ष ४ सय ९० घार मौरी बिक्री गरेका कंवरले यस वर्ष मात्र ६०० घारको माग आएको बताए। एउटा घार तीन हजार पाँच सयका दरले बिक्री हुने गरेको उनको भनाई छ। उनले भने, ‘मौरीको घारबाट मनग्य आम्दानी हुँदै आइरहेको छ । गत वर्ष ४९० घार बिक्रीबाट १७ लाख १५ हजार रुपैयाँ आम्दानी भएको थियो।’ यस वर्ष मात्र माहुरी ब्लक कार्यक्रमले उनीसँग ४०० घारको माग गरेको र साथै २०० बढी स्थानीय मौरीपालक किसानहरूले पनि माग गरेको उनले बताएका छन्।

यसबाट २१ लाख रुपैयाँभन्दा बढीको कारोबार हुने उनले बताएका छन् । उनले यो वर्ष गत वर्षभन्दा बढी मौरीघारको माग रहेको जानकारी दिएका छन्। कोरोना भाइरसका कारण अहिले लकडाउन  गरिएको छ भने धेरै व्यवसायहरु ठ*प्प भएका छन् तर उनको व्यवसायमा भने लकडाउनले खासै प्रभाव नपरेको उनको भनाई छ। आफ्नोमा काम गर्ने सम्पूर्ण मजदुरहरूलाई आफ्नै घरमा राखेका कारण सं*क्रमणको जो*खिम पनि नभएको उनले बताएका छन् । उनका अनुसार लकडाउनको सुरूको समयमा जिल्ला बाहिरबाट सामान ल्याउन केही समस्या भएपनि अहिले त्यस्तै समस्या खासै नभएको उनी बताउंछन्।

उनले मौरी घारको व्यवसाय गरेर अन्य ६ जनालाई समेत रोजगारीको मौका दिएका छन्। ६ जना मजदुरको पारिश्रमिक, घर खर्च, काठ किन्दाको खर्च गरी सबै कटाउँदा वार्षिक ५ देखि ६ लाख रुपैयाँसम्म बचत हुने गरेको उनले जानकारी दिएका छन्। जिल्लाभित्र तथा बाहिरबाट घारको माग भइरहेका कारण बजारको कुनै पनि समस्या नरहेको उनले बताएका छन्। आफूले तयार पारेको मौरीको घार जाजरकोट, सुर्खेत र रुकुमसम्म जाने गरेको उनको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *