अब सार्वजनिक यातायात पनि खोल्ने तयारी

काठमाण्डौ । अहिले कोरोना भाइरसको म*हामा*रीले सिङ्गो संसारलाई पि*रोलेको छ । चीनको वुहानमा पहिलोपटक देखिएको यस भाईरस अहिले सबैतिर फैलिएको छ । नेपालमा पानो यसको आ*तंक कम छैन । सं*क्रमण बढी फैलिन थालेपछि विश्व स्वास्थ संगठनले यसबाट बच्नका लागी सामाजीक दूरीका नियम कायम गर्न तथा लकडाउन गर्न भनिएको थियो । यसैकारण नेपालमा पनि चैत्र ११ गते बाट लकडाउनको घोषणा गरिएको थियो । चैत्र ११ गतेदेखि गरिएको लकडाउन ७ पटक थपेर जेठ ३२ गतेलाई तोकिएको थियो भने अहिले भने लकडाउन केहि खुकुलो गरिएको छ ।

लकडाउन खुकुलो गर्नका लागी लकडाउनलाई तीन चरणमा छुट्टाइएको छ । यससँगै पहिलो चरणमा सरकारी कार्यालय, पसल तथा अन्य संस्था खोल्ने भनेको थियो भने निजी सवारी पनि सुचारु गरिएको छ । निजी सवारी जोड विजोड प्रणालीमा संचालनमा ल्याइएको छ भने अब यससँगै सरकारले सार्वजनिक यातायात पनि खोल्ने तयारी गरेको छ । यस अन्तर्गत ट्याक्सी भने अहिले सञ्चालनमा आइसकेको छ । साथै काठमाडौं उपत्यका भित्र आउन र उपत्यका बाहिर जान भने विशेष व्यवस्था गरिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले हिजो नै सुचना जारी गरिसकेका छन् ।

उपत्यका प्रवेश गर्न तथा उपत्यकाबाट बाहिर जानको लागी कागजात सहित निवेदन दिनुपर्ने हुन्छ। यस्तै शैक्षिक संस्था भने भदौमा मात्र खोल्ने तयारी गरिएको छ । विद्यालय र कलेज भदौमा मात्र सञ्चालन हुने भएपछि विकल्पका रुपमा अहिले दुर शिक्षा शुरु गरिएको छ । लकडाउन बढेसँगै आर्थिक म*न्दी हुन् थालेपछि अब भने लकडाउनको संरचना बदलेर लकडाउनलाई केहि खुकुलो बनाउदै लैजाने निर्णय गरिएको हो । तीन चरणमा लकडाउन खोलिने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *