प्रदेश अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण देखिएपछि

काठमाण्डौ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा  दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत रहेको अस्पतालले जनाएको छ । अस्पतालका अन्य एक स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप बढेका कारण कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट समे जोखिम बढेको अस्पतालका निर्देशक डा डम्बर खड्काले बताएका छन् । चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको जनाएको छ भने एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्र्ने निर्देशक खड्काले बताएका छन् ।

यस अघि अस्पतालका अन्य तीन जना चिकित्सकमा पनि कोरोना सङ्क्रमण देखिएको थियो । प्रदेश अस्पतालमा अहिले २३ जना संक्रमित उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *