गहुँको जमराको जुस यति फाइदाजनक

काठमाण्डौ । गहुँको जमराको जुस स्वास्थ्यको लागी निकै लाभ्दायिक मानिन्छ । यसले प्राकृतिक रुपमा शरीरलाई उर्जा प्रदान गर्छ । यो एमिनो एसिडको मुख्य स्रोत भएको कारण शरीरमा प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ र साथै रोगसँग लड्न थप उर्जा प्रदान गर्छ । यसले शरीरमा भएका कोषिकाहरुलाई बलियो बनाउनुका साथै कलेजोमा जमेर बसेका विषाक्तहरुलाई नष्ट गर्छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसले प्याङक्रियाज तथा कलेजोको विषाक्त हटाई अप्रत्यक्ष रुपमा मधुमेह सन्तुलनमा राख्न मद्दत पुर्‍याउँछ । यसमा पोटासियम पाइने हुँदा शरीरमा पानी मात्रालाई कायम राख्न मद्दत गर्छ । गहुँको जुस सेवन गर्नाले भोक कम लाग्ने हुँदा यसले अस्वस्थ्यकर खाना खानबाट जोगाउँछ र शरीरको मेटाबोलिज्म  बढाएर शरीरमा भएको अतिरिक्त क्यालोरी हटाउँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *