उपन्यास : उसले जितेको हार {मार्मिक प्रेम उपन्यास} – शिशिर आचार्य [भाग १ ]

*********************************************************************
८० को स्पिडमा जगातीको बाटो हुदै बाइक बेतोडले हुइक्याउदै घर फरिक्दै थिए। ६ बजे तिरको समय भएर होला जेठकै महिना भएपनि केहि चिसो नै थियो ,त्यहिमाथि ८० को स्पिडमा हुइकिरहेको बाइकलाइ आर्को दिशाबाट हावाले हान्दा मैले लगाइरहेको अफिसको पातलो सर्ट मेरो शरीरलाइ तातो राख्न विफल हुदै थियो। चिया खाने सोचले बाइकको स्पिड केहि कम गराउदै थिमी तिर साइड लगाएर एउटा गल्लिमा साइड लगाएर एउटा चिया पसलमा पसे। ” दिदि एउटा चिया अनि सुर्य लाइट एउटा ” यति भन्दै एउटा भाच्चिनै लागेको काठले बनेको स्टुल आफु तिर सारे अनि बसे। दुइ २१/२२ बर्षका जस्ता देखिने केटा मेरै छेउमा बसेर चुरोटको धुवा उडाउदै चियाको चुस्की लिदै आफ्नो युबापन दर्साउदै थिए। “ओइ हेर न , तेरो पछाडी ” एउटाले केहि उत्साहित हुदै उता बाट आउदै गरेकी त्यस्तै १७/१८ वर्ष कि केटि तर्फ इशारा गर्दै साथिलाइ हेर्न भन्यो। साथीले यसो मुन्टो घुमायो र मुख बिगार्दै “काम छैन ” भेनर फेरी एक सर्को चुरोट तान्यो। यी दुइ केटामा म आफुलाई प्रतिबिम्बित भएको पाए। त्यो उमेर हुदा धेरै केटि हेरेर आफु पनि मुख बंगाउने भएर होला आज सम्म कुनै केटि संगको पनि प्रेमको अनुभब थिएन मलाई।
“भाइ यी चिया ” आफ्नो प्रतिबम्बको आकलनमा ब्यस्त भएको मलाई चिया पसलको दिदिको स्वरले झस्काइदियो। ” दिदि चुरोट पनि भनेको थिए ” चियाको पहिलो चुस्की संगै मैले चुरोट मागे। “ए बिर्सिएछु” चुरोटको बट्टा बाट एक खिल्ली चुरोट झिकेर हास्दै दिदीले “भाइ हेर्दा त खानु हुन्न जस्तो देखिनुहुन्छ ” भन्दै चुरोट मलाई थमाउनु भयो। छेउमै बसेका दुइ केटा पनि मुसुक्क हासेर आखा जुदाए। मैले बेवास्ता गरेजस्तै गररे गोजी बाट आफ्नै लाइटर झिकेर चुरोट सल्काए। आफ्नै लाइटर झिकेर मलाई ति दुइ केटा र चिया पसलको दिदीको हासो बन्द गराउनु थियो।”भाइ हेर्दा त खानु हुन्न जस्तो देखिनुहुन्छ ” भन्ने शब्दले कता कता मलाइ रिस उठेको थियो। मानिसहरु धेरै चाडो बाहिरी स्वोरुप कै भरमा अर्को मानिस गलत हो या सहि भन्ने निर्णय सुनाइहाल्न पछि पर्दैनन्। सायद यहि कारणले होला मानिस भित्र जति नै खोक्रो र मुर्झित भएता पनि बाहिर ठाटिएर हिडिरहेको हुन्छ।
” ल आइज हजार हजार बाजी ” ति अघिकै दुइ युवा मध्य एउटाले तत्काल नै आफ्नो गोजी बाट हजारको नोट निकालेर अर्कोको हातमा पछार्यो। ” रियलले भरे तिन हान्छ,रोनाल्डो फर्ममा छ ” उसको बोलिमा निअकि आत्माविश्वास थियो। मा स्वयं पनि रियल मड्रिड कै फ्यान भएर होला केहि उत्साहित थिए। अर्को पनि चुप लाग्ने पक्षमा देखिएन र चुरोट जस्तै बनाएर पेन्टको खल्तीमा राखेको हजारको नोट निकालेर ” लु आइज बाजी, कसले कति हान्छ भरे हेर्लास” भन्दै नोट जुदायो। “भाइ रियलले कम्फर्म जित्छ ” चुरोटको आर्को सर्को संगै मैले पनि थपिदिए। रियलको सपोर्ट गर्ने युवाको मुखमा केहि खुशी झन् थपियो। त्यहाँ केहि बेर रोनाल्डो र मेसीको बिषयमा को ठुलो भन्ने विवाद सधै झैँ टुंगोमा नपुग्दै ७ बजी सकेको हुनाले म निस्किने तरखरमा लागेर आफ्नो पैसा दिएर बाइक स्टार्ट गर्न लागे। बाइक स्टार्ट भएन, किक हान्दा पनि भएन। एउटा सामान्य मानिसले बाइक स्टार्ट गर्न सक्ने जति सबै प्रयत्न गर्दा पनि बाइक स्टार्ट भएन।
“दाइ म कोसिस गरौ ” अघिको रियल म्याड्रिडको सपोर्ट गर्ने युवाको आवाज थियो। “हेर न भाइ जति गर्दा पनि स्टार्ट हुदैन ” भन्दै उसलाई कोसिस गर्न इशारा गरे। मानिसमा पक्ष कति महत्वोपूर्ण हुदो रहेछ। उ र म केहि मिनेट अघि सम्म दुइ अन्जान व्यक्ति थियौ। अहिले हामीले आफुलाई एउटै फुटबल क्लब समर्थन गर्ने पक्षमा पाएर होला, हामि छोटो समयमै पनि आत्मिय बन्यौ। संसार विभाजित र एकीकृत हुने नै यहि पक्ष को कारणले रहेछ। उसले पनि केहि कोसिस गरेर नसकेपछि यहि नजिकै रहेको मर्मत केन्द्रमा लग्न सुझायो र मलाई मर्मत केन्द्र सम्म पुर्याएर फर्कियो। मर्मत केन्द्रको दाइले चेक गरेपछि “यसको त स्पार्क प्लग र इग्नाईटर दुवै सट भएको रहेछ ,अहिले बन्दैन बिहान लिन आउनु” भनेपछि मैले केहि विकल्प नपाएर बाइक त्यहि छोडेर गाडिमा जाने निर्णय गरेर चाबी दिए र हेल्मेट भने आफै संग बोकेर बस बिसौनी तर्फ लागे।
साढे सात नै बजिसकेको भएर होला थिमी बस बिसौनी सुनसान थियो।सार्बजनिक बस फाट्ट फुट्ट मात्रै चलिरहेको थियो। ५ मिनेटको पर्खाइमा समेत गौशाला तर्फ जाने बस आएन। म बस बिसौनीकै बेन्चमा बसेर मोबाइल चलाउन ब्यस्त थिए यतिकैमा “सुन्नुस त,एरपोर्ट जाने बस यहाँ पाइन्छ ? ” भन्दै एक केटिले आएर सोधिन। ” आउछ, म पनि गौशाला तिर नै जान लाइ बस कुर्दै छु ” मैले जवाफ दिए। ” ए एकै तिर रहेछ , बाइक बिग्रियो हो ? ” निकै नै मधुर स्वरमा मेरो हातमा रहेको हेलेम्ट तर्फ इशारा गर्दै उनले सोधिन। म केटि संग बोल्नु पर्दा अलिक नर्भस नै हुने बानि थियो। स्कुल , कलेज पढ्दा आफ्नै क्लासकै पनि केटिहरु संग खासै बोलचाल भएको थिएन। केटाको बीचमा गफाडी नै नामकरण भएता पनि केटि को मामलामा म अलिक हरेस खाइहाल्थे। “अ ,बिग्रिएर यहि छोडेको ,बिहान लिन आउछु ” आधा मोबाइल र आधा भुइँमा हेर्दै मैले जवाफ फर्काए।
अँध्यारो भइसकेको र रोडका लाइट पनि खास उज्याला नभएकाले मैले उनको अनुहार चाहि देख्न पाएको थीइन तर उनको बोलि र पहिरन बाट उनको उमेर १८/१९ हुनु पर्छ भनेर अनुमान चाहि लगाइसकेको थिए। ” ह्या ढिला भैसक्यो ,खै बस नै आउदैन भन्या ” मोबाइल निकालेर समय हेर्दै एकलाई बर्बराउदै थिइन। म फेरी मोबाइल चलाउनमा ब्यस्त भए। उनको भाब हेर्दा केहि चुलबुले स्वभाव कि देखिन्थिन उनि। बेला बेलामा “मामुले मार्नु हुन्छ आज ” भन्दै पनि बर्बराउथिन। अँध्यारोमा त्यति प्रस्ट नदेखे पनि पेटको केहि भाग देखिने छोटो पिङ्क कलर टिसर्ट ,कालो प्यान्ट लगाएकी थिइन् उनले। साइडमा कालो ब्याग बोकेकी थिएन भने टाउकोमा चस्मा अड्याए जस्तै देखिन्थ्यो। सामान्य नेपाली केटि हरु भन्दा उनको लम्बाइ केहि बढी थियो। अग्ला केटि मलाई मन पर्थे। बेला बेला मोबाइल बाट ध्यान हटाएर म उनलाई हेर्थे। उनको चुलबुले पन उनको उमेर अनुरुप नै थियो। बेला बेला मा रोड मै निस्केर गाडी आयो कि भनेर हेर्न जान्थिन र निरास भएर “ह्या” भन्दै फन्को घुम्थिन।
एक प्रकारले उनलाई हेर्न मज्जा नै भैरहेको थियो मलाई। यतिकैमा “थाके म त,बस नि आएन ” भन्दै म बसिरहेको बेन्चमा एक जना मान्छे अटाउने जति ठाउ छोडेर उनि बसिन र फोन निकालेर हेर्न थालिन। पर बाट आइरेह्को ट्रीपरको लाइट उनको मुख मै पर्यो। यहि समय थियो जब मैले उनको त्यो मुहार पहिलो चोटी देखे।