हेटौंडामा निषेधाज्ञा तोड्दै कांग्रेसले सार्वजनिक कार्यक्रम गरेपछि

काठमाण्डौ । हेटौंडामा हाल जारी रहेको निषेधाज्ञा तोड्दै नेपाली कांग्रेसले सार्वजनिक कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताएका छन् ।   भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु, सामाजिक दुरी कायम गरेर काममा जानुको अन्य कुनै विकल्प छैन । यसरी लकडाउनको नाम लिएर बसिरह्यो भने आर्थिक मन्दीले जनस्तर निकै ठुलो समस्यामा पर्नेछ’ उनले भने । बुधबार गरिएको उक्त कार्यक्रममा १ सय ७१ जनाले पार्टी प्रवेश गरेको कांग्रेसले दावी गरेको छ ।

जारी गरिएको निषेधाज्ञाका कारण जनताको जनजीवन निकै अस्तव्यस्त भएको भन्दै अब यसको विकल्प खोज्न जरुरी रहेको नेता बानियाँले बताएका छन । सरकारले निषेधाज्ञालाई मात्रै निरन्तरता दिने भन्दा पनि निश्चित स्वास्थ्य मापदण्ड पूरा गरेर उद्योग, कलकारखाना, व्यवसाय तथा कृषि कार्य सञ्चालन गर्न दिनुपर्ने नेता बानियाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *