पछिल्लो २४ घण्टामा मात्रै ११ मृत्यु सहित थपिए यति धेरै संक्रमित

काठमाण्डौ । नेपालमा गएको २४ घन्टामा मात्र थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ भने मृतकको संख्या १ सय ७५ पुगेको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोरोना मुक्त भएका छन् । यस्तै अहिलेसम्म १९ हजार ५ सय ४ निको भइसकेको छन् भने १४ हजार ७ सय ३९ अझै पनि आइसोलेसनमा रहेका छन् । विभिन्न स्थानमा गरेर अझै पनि ९ हजार ८ सय ३२ जना क्वारेन्टिनमा रहेका छन् । अहिलेसम्म कुल ६ लाख ३५ हजार २ सय ५२ जनाको पिसिआर परिक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *