निजी मेडिकल कलेजले पनि कोरोना परीक्षण गर्न पाउने

काठमाण्डौ । स्वास्थ्य संस्थाहरूले पीसीआर परीक्षण गर्नका लागी प्रयोगशाला संचालनको माग गरिहेका बेला अब निजी मेडिकल कजेलहरूले पनि परीक्षण गर्न पाउने भएका छन् । सरकारले परिक्षणको अनुमति दिएसँगै कोभिड–१९ संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले समेत कोरोना परिक्षणको प्रयोगशाला स्थापना गर्न पाउने भएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

निजी प्रयोगशालालाई  कोभिड १९ को परीक्षण पीसीआर गर्ने अनुमति दिने निर्देशिका ०७७ अनुसार प्रयोगशालाहरुको हरेक मापदण्ड पुगेको हुनुपर्ने राष्ट्रिय जनस्वथ्य प्रयोगशाला टेकुले जनाएको छ । साथै यसका लागी निजी मेडिकल कलेजले एक तिहाई बेड कोरोना संक्रमितका लागी छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डाक्टर मुकुन्दा शर्माले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *