विरगंजमा थप २ जना कोरोना संक्रमितको मृत्यु

काठमाण्डौ । वीरगन्जस्थित कोरोना विशेष वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत रहेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ का ६६ वर्षीय पुरुष र बाराकै विश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवाका ४२ वर्षीय पुरुष रहेका छन् बहने उनीहरुको मं‌गलबार राति नारायणी अस्पतालको अस्थायी कोभिड वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिएका छन् ।

कलैयाका ६६ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या देखिएपछि गत भदौ २ गते उपचारका लागी वीरगञ्ज ल्याइएको थियो भने उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखिएको डाक्टर चौरसियाले बताए । उनी थाइराइड र उच्च रक्तचापजस्ता समस्याबाट पीडित थिए भने उपचारकै क्रममा गए राति उनको मृत्यु भएको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै विश्रामपुरका ४२ वर्षीय पुरुषमा पनि यहि भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई उपचारका लागि वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखिएको थियो । मृगौलाका रोगी रहेका उनको पनि गए राति ११ बजे उपचारकै क्रममा मृत्यु भएको डाक्टर चौरसियाले बताएका छन । यससँगै वीरगन्जमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *