त्रिविद्वारा आफ्ना विद्यार्थीलाई यस्तो अनुरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि अनलाइन कक्षामा सहभागी हुनका लागी आग्रह गरेको छ । कोरोनाको प्रकोपका कारण नियमित पठनपाठन सम्भव नभएको यस अवस्थामा पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले गर्दा विद्यार्थीले आफु अध्ययनरत क्याम्पसमा सम्पर्क राख्न त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले आग्रह गरेका हुन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

“त्रिविले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा लिने स्थिति नरहेको गर्दा परिप्रेक्ष्यलाई आँकलन गरी गत चैत्रको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेलको ठेगाना बनएर अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको छ, तर हालसम्म पनि धेरै विद्यार्थीहरू सम्पर्कमा नआएको जानकारी प्राप्त भएको हुँदा पठनपाठन तथा स्थगन गरिएको परीक्षा व्यवस्थापन गर्न समस्या भएको उनले बताएका छन् ।

त्रिविले आफ्ना सम्पूर्ण विभाग, स्कूल, क्याम्पस प्रशासन तथा डीन कार्यालय समेतलाई आफ्ना सम्पूर्ण विद्यार्थीलाई सम्पर्कमा ल्याउने कार्यमा लागि पर्न र विद्यार्थीलाई सम्पर्कका लागि सहज वातावरण मिलाउन समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *