क्लासिक टेकको इन्टरनेट सेवाको रिचार्जमा बोनस अफर, दुइ महिनासम्म निशुल्क इन्टरनेट

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्ना सेवाग्राहीहरुको लागी रिचार्जमा बोनस योजना ल्याएको छ । कम्पनीले ६ महिना र १ वर्षको वार्षिक शुल्क रकम पुन भुक्तानी गर्दा छुट दिनेगरि रिचार्जमा बोनस योजना ल्याएको हो । यस कम्पनीले अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा सस्तो रिचार्ज रेट तोकेको छ भने आफ्ना सेवाग्राहीहरुलाई ६ महिनाको शुल्क रिचार्ज गर्दा थप १ महिनाको निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

त्यस्तै १ वर्षको ग्राहक शुल्क रिचार्ज गर्दा २ महिनाको थप सेवा बोनसमा प्राप्त गर्नेछन् । यसका साथै कम्पनीले वार्षिक ग्राहक योजना अन्तरगत १२ हजार रुपैयाँमा २० एमबिपिएस, १३ हजार २०० रुपैयाँमा २५ एमबिपिएस, १३ हजार २०० रुपैयाँमा ३० एमबिपिएस, १४ हजार १४८ रुपैयाँमा ३५ एमबिपिएस, १४ हजार ४०० रुपैयाँमा ४० एमबिपिएस, १५ हजार रुपैयाँमा ५० एमबिपिएस, १६ हजार ८०० रुपैयाँमा ६० एमबिपिएस र १८ हजार रुपैयाँमा ७० एमबिपिएसको सेवा प्रदान गर्ने भएको छ ।

अफर अन्तरगत क्लासिकको इन्टरनेटसहित २ महिना अफरमा क्लासिकप्रभु टिभीसमेत प्राप्त गर्न सकिनेछ । सेवाग्राहीहरुले कम्पनीको मोबाइल एपमार्फत हरेक सेवाहरुको जानकारी प्राप्त गर्न सक्नेछन भने सेवाको बारेमा गुनासो टिपाउन तथा अनलाइनबाट नै शुल्क तिर्न पनि सकिने सुबिधा उपलब्ध रहेको बताइएको छ ।

अनलाइन भुक्तानी गर्नका लागि क्लासिक टेकले प्रभु पे, इसेवा, आइएमई पे, खल्ती, फोन पे, आईपीएस कनेक्ट, बैंकका कार्डहरु तथा अन्य डिजिटल माध्यमबाट तिर्न सकिने सुविधा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *