भरतपुर अस्पतालबाट भागेका संक्रमित नुवाकोटबाट पक्राउ

काठमाण्डौ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत रहेका भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय युवक मंगलबार बिहान ५ बजे अस्पतालबाट भागेका थिए ।

अस्पतालबाट भागेका ती युवक बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ परेका छन् । उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका थिए भने अहिले उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनलाई यहि भदौ ५ गते कोरोना भएको पुष्टि भएको थियो । केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका ती युवकमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै उनको परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *