बिराटनगरको न्युरो अस्पतालमा महोत्तरीका संक्रमितको मृत्यु

काठमाण्डौ । बिराटनगरको न्युरो अस्पतालमा महोत्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

ती पुरुषलाई यहि साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो भने कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि यहि भदौ ३ गते स्वाब संकलन गरेर पथाइएको थियो र आइतबार नै उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएसँगै उपचारका लागि उनलाई अस्पतालले छुट्टै आइसोलेसन कक्षमा राखेको थियो र स्वास्थ्यमा समस्या आएपछि मंगलबार राती मृत्यु भएको अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जितराज बस्नेतले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *