भदौ १६ गतेदेखि हुने अन्तर्राष्ट्रिय हवाई उडानको तालिका सार्वजनिक :

काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागी गरिएको लकडाउन सँगै बन्द भएको हवाई उडान अब सुचारु गर्ने भएको छ । यहि भदौ १६ गतेदेखि शुरु हुने तय भएको अन्तर्राष्ट्रिय उडानको तालिका समेत सार्वजनिक गरिएको छ । यहि भदौ १६ गते अर्थात् सेप्टेम्बर १ तारिखदेखि असोज १४ गते अर्थात् सेप्टेम्बर ३० तारिखसम्मका लागि ६० वटा उडान गर्ने तालिका बनाइएको पर्यटन मन्त्रालयले जनाएको छ ।

यसका साथै अन्य २७ वटा चार्टर उडान पनि हुनेछन् । नियमित उडानतर्फ भने विदेशी एयरलाइन्समा मालिन्दो, कतार एयर, टर्किस एयर, क्याथे ड्रयागन, कोरियन एयर, चाइना साउर्दन, एयर चाइना, एयर अरेयिबा, फ्लाइ दुबई लगायतका १० वटा एयरलाइन्सले उडान अनुमति पाएको बताइएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

नेपाल एयरलाइन्सले जापन, मलेसिया र हङकङ उडान गर्नेछ भने हिमालय एयरलाइन्सले चीनको छोङकुइन, मलेसिया र आबुधावीमा उडान गर्नेछ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कता एयरवेज, जजिरा र सलाम एयरले चार्टर उडान गर्नेछन् भने चार्टर उडानमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियादमा हुनेछ ।

सरकारले दैनिक ५ सय यात्रु ल्याउने गरी तयारी गरेको छ भने विदेशबाट आउने सबै यात्रुको अवस्थाका आधारमा आगामी दिनमा थप उडान गर्न सकिने तथा ५ सयभन्दा बढी यात्रुलाई सेवा दिने अर्को पनि निर्णय गरिने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *