उपत्यकामा फेरी थपियो निषेधाज्ञा, कहिले सम्म?

काठमाडौं । कोरोना संक्रमित बढ्न थालेसँगै काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा गरिएको थियो भने उक्त निषेधाज्ञा अब थप एक हप्ताको लागी लम्ब्याइएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफल गरेर निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउनका लागी प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । निषेधाज्ञाको अवधिभर औषधी, खाद्यवस्तु तथा अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक अन्य केहि कामका लागी बाहिर निस्कन पाइने छैन भने बाहिर निस्किँदा अनिवार्य रुपमा  मास्क लगाउनुपर्नेछ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकका सवारी सञ्चालनमा समेत रोक लगाइएको छ भने नियमित सेवा प्रदान गर्ने कार्यालयका कर्मचारीहरु भने विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्ने बताइएको छ । बैंक लगायतका निकायले पनि न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *