निषेधाज्ञाका कारण स्टक डिलरको कारोबार अनिश्चित

काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागी गरिएको निषेधाज्ञाका कारण शेयर बजारको अनपेक्षित उचारचढावलाई रोक्नका लागी आएको स्टक डिलरको कारोबार अहिले अनिश्चित बनेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका कारण उक्त प्रक्रिया ढिलो भएको भन्दै शेयर कारोबार अनिश्चित बनेको हो ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्टक डिलरका लागि अहिलेसम्मको एकमात्रै कम्पनी नागरिक स्टक डिलर (एनएसडी) ले भदौको दोस्रो सातादेखि कारोबार सुरु गर्नेगरी तयारी अघि बढाएको थियो । यद्धपि केहि कार्य पुरा हुन बाँकी रहेका कारण प्रक्रिया ढिलो हुन गएको एनएसडीका निमित्त प्रबन्धक इन्द्रकुमार कट्टेलले जानकारी दिएका छन । नेप्सेबाट कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) लिन, लगानीका लागि कम्पनी छनौट गर्न तथा लगानीसम्बन्धी कार्यविधि पूरा गर्न बाँकी रहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *