कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाण्डौ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या निकै बढिरहेको छ । यस्तैमा बुधबार बिहान कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृयु हुनेमा कैलाली गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुष रहेका छन् ।

उनको धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार चलिरहेको थियो बहने कोरोना पुष्टि भएसँगै उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । उनको  सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘मंगलबार साँझ कोरोना पुष्टि भएका व्यक्तिको बुधबार बिहान मृत्यु भएको हो,शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकेका छौं । ’ सूचना अधिकारी श्रेष्ठले भने ।’ यससँगै कोरोनाका कारण सुदूरपश्चिममा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *