स्वास्थ्य प्रमुखलाई नै संक्रमण देखिएपछि जिल्ला अस्पताल सिल

काठमाण्डौ । मनाङमा मंगलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा स्याङ्जा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत रहेका स्वास्थ्य प्रमुख र भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिका अन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत रहेका शिक्षक रहेको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिएका छन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

स्वास्थ्य प्रमुखमा नै संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिएका छन् । ‘मनाङका स्वास्थ्य प्रमुख र शिक्षकमा कोरोना संक्रमण देखिएको छ,’ मेडिकल अधिकृत डा. अधिकारीले भने । दुवै संक्रमित गत साउन २० गते मनाङ प्रवेश गरेको उनले जनाएका छन्।

मनाङमा हालसम्म कोरोना संक्रमितको कुल संख्या पाँच पुगेको छ भने तिमध्य एक जना निको भइसकेका छन् । मनाङमा संक्रमन पुष्टि भएका सबै बाहिरी जिल्लाबाट आई यहाँ कार्यरत कर्मचारी रहेका छन् भने संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि स्वाब संकलनको कार्यसमेत भइरहेको प्रजिअ गिरीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *