कोरोनाका कारण बिराटनगरमा एक महिलाको मृत्यु

काठमाण्डौ । बिराटनगरमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१५ मिल्स एरिया घर भएर बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिला रहेकी छिन् ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनलाई मंगलबार दिउँसो विराट मेडिकल कलेज अस्पताल भर्ना गरिएको थियो भने मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । साथै उनलाई श्वासप्रश्वासमा समस्या र निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ । उनको उपचारका क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिएका छन् ।

यससँगै बिराटनगरमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *